Friday, May 10Nepal News Portal
Shadow

Author: Udhyog news

स्काईवाक टावरको टिकटमा सानिमा बैंकका ग्राहकलाई छूट

स्काईवाक टावरको टिकटमा सानिमा बैंकका ग्राहकलाई छूट

आर्थिक गतिविधि, समाचार
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रालिमा छूटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट र क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छूट पाउने सानिमा बैंकले जनाएको छ । उक्त समझदारी पत्रमा वन्डर्स नेपाल प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र प्रसाद श्रेष्ठ तथा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग बिक्रम श्रेष्ठले हस्ताक्षर पनि गरेका छन् । समय समयमा बैंकले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जानकारी दिएको छ ।  ...
मोरङ उद्योग व्यापार संघमा नयाँ नेतृत्व चयन

मोरङ उद्योग व्यापार संघमा नयाँ नेतृत्व चयन

समाचार
काठमाडौं । मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ) मा नयाँ नेतृत्व चयन भएको छ । निर्विरोध रुपमा ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन पछि सोमबार बसेको कार्यसमिति सदस्यहरुको बैठकले पदाधिकारी चयन गरेको हो । जस अन्संसुअर घको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी, वरिष्ठ उपाध्यक्षमा अनिल कुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा बिकास कुमार बेगवानी, महासचिवमा संजय कुमार श्रेष्ठ, सचिवमा अमित कुमार शारदा, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल तथा प्रवक्ताका रुपमा दिपेश सुवेदी चयन भएका छन् । त्यसका अतिरिक्त, ३४औँ कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गर्नुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मालाई मनोनयन गरेको छ ।...
उद्योग मन्त्री भन्छन्ः २ वर्षमा २ वटा पनि कानून बनेनन्

उद्योग मन्त्री भन्छन्ः २ वर्षमा २ वटा पनि कानून बनेनन्

ब्यानर, समाचार
सरकारलाई निजी क्षेत्रसँग मिलेर उद्योगमा लगानी प्रोत्साहित गर्दै योगदान बढाउन सबै मिल्नुपर्ने उनको भनाइ थियो। तुलनात्मक लाभ लिई व्यापार बिस्तार गर्न पनि स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । उद्योगको प्रवद्र्धन गर्ने, स्वदेशी उद्योगलाई महत्त्व दिन पनि मन्त्रालय तयार रहेको उनले बताएका छन् । सरकारले विशेष गरी कानुनी जटिलताहरुको समाधान गर्ने रहेको तर् कानूनी जटिटलताहरु समाधान गर्न सरकारले अझै नसकेको उनको भनाइ थियो। यही समयावधिमा पनि संसद् सञ्चालन भएको २ वर्ष पुग्न लागेको भन्दै उनले २ वर्षमा जम्मा २ वटा पनि कानून बन्न नसकेको उनले बताएका छन् ।...
मंगलबार पनि बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

मंगलबार पनि बढ्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार ?

समाचार
काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेक...
व्यत्तित बीमालेख नविकरणमा नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो छूट

व्यत्तित बीमालेख नविकरणमा नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो छूट

बीमा, समाचार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छूटको योजना ल्याएको छ । कम्पनीले १८० वा सोभन्दा बढी समयदेखि व्यतित भई पुनर्जागरण तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरी २०८१ बैशाख २५ गतेसम्म व्यतित भएका बीमालेखहरुमा बैशाख २५ गतेदेखि बीमालेख नविकरण शूल्कमा लाग्ने ब्याजमा छूट प्रदान गरिने जनाएको छ। कम्पनीले सार्वजनिक गरेको सूचनामा बिमितहरुले निर्धारित मितिमा नविकरण शुल्क नतिरी व्यतित गरेकाहरुमध्ये १८० दिनभन्दा माथि ३ बर्षसम्म व्यतित भएका बीमालेखमा ३० प्रतिशत र ३ बर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएका बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेख २० प्रतिशत ब्याज छूट पाइने बताएको छ । सो सुविधा अन्तरगत आगामी असार ६ गतेसम्म बीमालेख नविकरण गरेमा छूट पाइने नेपाल लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ ।  ...
सर्वोत्तम सिमेन्ट३२ प्रतिशतले बढ्यो

सर्वोत्तम सिमेन्ट३२ प्रतिशतले बढ्यो

समाचार
काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३२.३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८०/८१ को चैत्रसम्म कम्पनीको खुद नाफा १२ करोड ७ लाख रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९ करोड १२ लाख रहेको थियो । समिक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी २५.१६ प्रतिशतले बढेर ४ अर्ब ५५ करोड पुगेको छ । कम्पनीको अन्य शिर्षकको आम्दानी ७४०.१६ प्रतिशतले बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड पुगेको हो । कम्पनीको अन्य इक्विटी शिर्षकमा ४ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ । कम्पनीको मूल्...
अमेरिकी डलरको सटही दर बढ्यो

अमेरिकी डलरको सटही दर बढ्यो

आर्थिक गतिविधि, समाचार
काठमाडौं।आज अमेरिकी डलरको सटही दर बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रा विनिमय दरअनुसार सोमबारको तुलनामा मंगलबार सटही दर बढेको हो। मंगलबारका लागि राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री १३३ रुपैयाँ ८९ पैसा तोकेको छ। यसअघि सोमबार खरिद १३३ रुपैयाँ १८ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको थियो। त्यस्तै युरोको सटही दर पनि मंगलबार बढेको छ। मंगलबारका लागि युरोको खरिद दर १४३ रुपैयाँ ६१ पैसा तथा बिक्री दर १४४ रुपैयाँ २५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । सोमबार युरोको खरिद १४३ रुपैयाँ ३० पैसा तथा बिक्री १४३ रुपैयाँ ९५ पैसा रहेको थियो। मंगलबार पाउन्ड स्टर्लिङको सटही दर पनि बढेको राष्ट्र बैंकले बताएको छ।...
भिवान्ता होटेलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

भिवान्ता होटेलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

आर्थिक गतिविधि, बैंक तथा वित्त, समाचार
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ललितपुरको झम्सिखेलस्थित भिवान्ता काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले भिवान्ता काठमाडौंको सेवाहरुमा १५ प्रतिशतसम्मको आकर्षक छूट पाइने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको कम्पनीले जनाएको छ । त्यसैगरी कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएका पनि बताएको छ । कम्पनीले देशैभरी रहेका १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट १७ लाख २४ हजार ग्राहकलाई बैंकिङ्ग सेवाह...
दोहोरो अंकले घट्यो नेप्स

दोहोरो अंकले घट्यो नेप्स

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । आज सोमबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिन नेप्से परिसूचक १५६२ अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन आइतबार पनि बजार २४.५८ अंकले घटेको थियो । त्यसैगरी, यो दिन राम्रा र बलिया कम्पनीहरुको बजार मापक इन्डेक्स सेन्सेक्स पनि ३.३८ अंकले घटेर ३४७.८० विन्दुमा झरेको छ ।यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१० कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । उता अघिल्लो कारोबार दिन आइतबार भने ३ अर्ब ७९ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको थियो । नेप्सेमा रहेका १३ उपसमूहमध्ये विकास बैंक बाहेक सबै उपसमूह राताम्मे भएका छन् । विकास बैंक उपसमूह ०.२३ प्रतिशतले बढेको छ । यसैगरी, यो दिन सबैभन्दा बढी वित्त उपसमूह १.९६ प्रतिशतले घटेको छ । त्यस्तै दोस्रोमा लघुवित्त उपसमूह १.८१ प्रतिशतले घटेको छ । य...
राइडरहरुबाट ‘इन ड्राइभ’ ले १० प्रतिशत कमिशन लिने

राइडरहरुबाट ‘इन ड्राइभ’ ले १० प्रतिशत कमिशन लिने

आर्थिक गतिविधि, प्रमुख समाचार
काठमाडौं । राइड सेयरिङ कम्पनी ‘इन ड्राइभ’ ले राइडरहरुबाट १० प्रतिशत कमिशन लिने भएको छ । कम्पनीले आज औपचारिक कार्यक्रम गर्दै विधिवत रुपमा नेपालमा ‘इन ड्राइभ’ सेवा सुरु गरिएको बताएको हो । यस अघि पनि सेवा दिइरहेको भएपनि कम्पनीले अब भने दर्ता भएर विधिवत रुपमा सेवा सुरु गरेको छ । यस अघि कम्पनीले कमिशन लिने गरेको थिएन् तर दर्ता भएपछि मात्र कमिशन लिने भएको हो । कम्पनीले नेपालको लागि डाइरेक्टर पनि नियुक्त गरेको जानकारी दिएको छ ।...