Monday, May 20Nepal News Portal
Shadow

Author: Udhyog news

बिपी प्रतिष्ठान धरानमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

बिपी प्रतिष्ठान धरानमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

प्रमुख समाचार
  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। इटहरी२० का ७८ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।उनी भदौ १९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए। उनी एमेनिया र ग्यास्ट्रिक रोगका बिरामी पनि थिए।...
बिपी प्रतिष्ठानमा धरानमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

बिपी प्रतिष्ठानमा धरानमा उपचाररत् कोरोना संक्रमित वृद्धको मृत्यु

निर्माण
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत् एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। इटहरी२० का ७८ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।उनी भदौ १९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए। उनी एमेनिया र ग्यास्ट्रिक रोगका बिरामी पनि थिए।...
कोरोना भाइरस संक्रमणका कारण  अस्पताल सञ्चालकसहित ४ को मृत्यु

कोरोना भाइरस संक्रमणका कारण अस्पताल सञ्चालकसहित ४ को मृत्यु

प्रमुख समाचार
  काठमामडौं, ३ कार्तिक (ससं)। बिराटनगरमा कोरोना संक्रमणबाट अस्पताल सन्चालकसहित थप चार जनाको मृत्यु भएको छ । आइतबार करिब ११ बजेदेखि सोमबार बिहानसम्म चार जनाको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा दुई जना, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ । मृतकमध्ये एकजना अस्पताल सञ्चालक हुन् । न्युरो अस्पतालको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो। मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा।लि।का सञ्चालक हुन् । उनलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन न्युरोको कोभिड–१९ अस्पतालमा भर्ना भएका थिए । आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार सुर...
‘द लाखे ब्याण्ड’ले गर्याे मालश्री धुन सार्वजनिक (भिडियोसहित)

‘द लाखे ब्याण्ड’ले गर्याे मालश्री धुन सार्वजनिक (भिडियोसहित)

Video, प्रदेश, मनोरञ्जन
काठमाडौं, ३ कार्तिक (ससं) । तेह्रबर्ष अघि वि.सं. २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीको मालश्री धुन सार्वजनिक गरेको छ । यस फ्यूजन धुनमा गीटारमा नवरश श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान मर्हजनले संगीत दिएका छन् । ब्याण्ड स्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनतका साथ तयार गरिएको यस मालश्री धुन श्रोताहरूले रूचाउने विश्वास प्रकट गरे । https://www.youtube.com/watch?v=S2mxbfLJR2o&feature=youtu.be&fbclid=IwAR3gTlrakA0HHzYitMRmNE2PQYPs1LHRHNdnOYG-OqA2UXcP_OlESprhIJ4...
नेपाली काँग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले दशैं भत्ता नलिने

नेपाली काँग्रेसका नेता तथा सांसद बालकृष्ण खाणले दशैं भत्ता नलिने

प्रमुख समाचार, राजनीति
नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाणले दशैंभत्ता फिर्ता गर्ने भएका छन् । खाणले संघीय संसद सचिवालयलाई पत्र लेख्दै दशैं भत्ता वापत खातामा जम्मा गरेको रकम फिर्ता गर्ने बताएका हुन् । अहिलेको बिषम अबस्था र आमनेपालीले भोग्नुपरेको अभाव र पिडालाई ध्यानमा राख्दै जनप्रतिनिधिको रूपमा दशैं भत्ता लिन उचित नलागेको उनले पत्रमा उल्लेख गरेका छन् । उक्त रकम रकम संसद सचिवालयमार्फत सरकारलाई नै फिर्ता गर्ने उनको भनाइ छ । त्यस्तै सरकारको यो निर्णय जनताको भावना विपरित भएको उनले उल्लेख गरेका छन् । त्यस्तै अन्य संसदहरुले पनि दशै भत्ता नलिने फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।...
९४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १६९८ जना संंक्रमित

९४२ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १६९८ जना संंक्रमित

निर्माण, प्रमुख समाचार, ब्यानर
पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।थपिएका संक्रमितमध्ये १६९८ जना काठमाडौं उपत्यकाका रहेका छन् । यससँगै संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । उनीहरुमध्ये ७३९ जनाको मृत्यु भएको छ भने ९२ हजार १६६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित रहेका छन् ।...
पोखरामा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु

पोखरामा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु

निर्माण, प्रमुख समाचार
काठमाडौं, २ कार्तिक (ससं) । कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । अस्पतालका अनुसार कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको छ । उनी निमोनियासहित हाइपरटेन्सनको बिरामी पनि थिइन् । यससँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।...

कैलालीमा असईको हत्या, हबल्दार सम्पर्कविहीन

ऊर्जा, निर्माण, प्रमुख समाचार
काठमाडौं, २ कार्तिक (ससं) । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । सँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई गोविन्द विकको शव फेला परे पनि हबल्दार रामबहादुर साउद सम्पर्कविहीन रहेकोरहेका छन् ।

घटस्थापनाका दिन विभिन्न नाकाबाट ३८ हजारभन्दा बढीले गरे उपत्यका आउजाउ

ऊर्जा, निर्माण, प्रमुख समाचार
काठमाडौं २ कार्तिक (ससं)। घटस्थापनाको दिन विभिन्न नाकाबाट ३८ हजार १२७ जनाले काठमाडौं उपत्यका आउजाउ गरेका छन्। ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार ४०४ वटा सवारीसाधनमा १६ हजार ६४९ जना यात्रु उपत्यका भित्रिएका थिए। सोही अवधिमा चार हजार ७२१ वटा सवारीसाधनमा २१ हजार ४७८ जना यात्रु उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।...
कोरोना भाइरसका कारण विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो

कोरोना भाइरसका कारण विश्वभर १ हजार १० जना नेपालीको ज्यान गयो

निर्माण, विश्व
काठमाडौं, २ कार्तिक (ससं) । विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड-19) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमण मुक्त भएका छन् । संक्रमित नेपाली मध्ये लगभग ९१ प्रतिशत भएको गैरआवासीय नेपाली संघले जनाएको छ । यस्तै नेपालमा ...