Monday, May 20Nepal News Portal
Shadow

Author: Udhyog news

सवारीसाधन कर्जा लिन सहज

सवारीसाधन कर्जा लिन सहज

प्रमुख समाचार, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको हो। चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने उल्लेख गरेको छ ।    ...
सेयरमा लगानी गर्न बैंकहरूलाई प्रोत्साहन

सेयरमा लगानी गर्न बैंकहरूलाई प्रोत्साहन

प्रमुख समाचार, बैंक तथा वित्त
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरसहितका अन्य क्षेत्रमा गरेको लगानीबाट बाहिरिनका लागि सहज नीति बनाइदिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले १ वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समीक्षामा गरिएको हो । यो व्यवस्थाले लगानीको १ वर्ष पूरा भइसकेपछि बैंकहरूले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्ने छन् ।...
राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरे

राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरे

प्रमुख समाचार
  काठमाडाै‌ । राष्ट्रपति रामचन्द्र पौडेलले १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन् । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा (प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन् ।...
प्रतिनिधिसभा बैठक आज नबस्ने

प्रतिनिधिसभा बैठक आज नबस्ने

प्रमुख समाचार
काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसले समय मागेपछि दिउँसो २ बजेका लागि बोलाइएको थियो । सदन सुचारु रूपमा सञ्चालन गर्न सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच कुरा नमिल्दा सूचना टाँस गरेर पर्सीसम्मका लागि स्थगित गरिएको छ ।  ...
प्रतिनिधि सभाको बैठक सर्‍यो

प्रतिनिधि सभाको बैठक सर्‍यो

प्रमुख समाचार
काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।यसअघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । यतिबेला दलका प्रमुख सचेतक, सचेतकहरू र सभामुख देवराज घिमिरेको बैठक बसिरहेको छ । आजको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेका छन् ।
सरकारले राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लियो

सरकारले राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लियो

समाचार
काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । संशोधन विधेयक फिर्ता लिने सम्बन्धी पत्र संसद सचिवालयमा पुगिसकेको छ । सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा तत्कालीन राजपा र संघीय समाजवादी पार्टी फुटाउने उद्देश्यसहित राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएका थिए । उक्त अध्यादेशमा केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०–४० प्रतिशत सदस्य संख्या आवश्यक पर्नेको ठाउँमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखिएको थियो । त्यसको चर्को आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए । ओलीपछि प्रधानमन्त्रीबनेका शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा केन्द्रीय सम...
प्रधानमन्त्री प्रचण्ड भन्छन् नीति तथा कार्यक्रमअनुसार नै बजेट आउँछ

प्रधानमन्त्री प्रचण्ड भन्छन् नीति तथा कार्यक्रमअनुसार नै बजेट आउँछ

समाचार
काठमाडौं। प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमअनुसार नै आउने जनाएका छन्। त्यसका लागि टिम नै गठन गरिएको उनले जनाए । इप्पानको २२औं वार्षिक साधारण सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउन टिम नै गठन गरिएको बताए । एउटा टिम नै बनाएर नीति तथा कार्यक्रमका विषयलाई बजेटमा समेट्न काम भइरहेको छ। उनले भने, ३/४ दिनभित्र टिमले आफ्नो काम गरिसक्छ।...
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

ब्यानर, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई बताइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र लेखेर प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेक छन् । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक...
मौद्रिक नीति तेस्रो समीक्षा आज सार्वजनिक हुँदै

मौद्रिक नीति तेस्रो समीक्षा आज सार्वजनिक हुँदै

बैंक तथा वित्त, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका गभर्नर कार्यालय आर्थिक अनुसन्धान विभागले तयार गरेको समीक्षाको मस्यौदामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएका छन् । राष्ट्र बैंकमा अहिले चलिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मस्यौदा पास गरेमा आजै सार्वजनिक गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीले जनाएका छन् । सञ्चालक समिति बैठक समाप्त हुने बित्तिकै राष्ट्र बैंकको वेव साइटमार्फत् मौद्रिक नीतिको तेस्रो त्रैमासकि समीक्षा सार्वजनिक गरिने जानाएको छ । अहिले तेस्रो समीक्षा हो।  ठुला नियामकीय परिवर्तन नयाँ मौद्रिक नीति मार्फत नै आउछन्, केही साना तर अत्यावश्यक परिवर्तन प्रस्ताव गरिएको छ’ ती अधिकारीले बताएका छन् ।  ...
सुन मूल्य घट्यो

सुन मूल्य घट्यो

प्रमुख समाचार
काठमाडौं । बिहीबार उच्च मूल्य रेकर्ड बनाएको सुन आज घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँको दरले घटेको हो । बिहीबार हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएका छन् । चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँका दरले घटेको हो ।...