Friday, September 19Nepal News Portal
Shadow

खेलकुद

नेपाल र नेदरल्यान्ड बीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने

नेपाल र नेदरल्यान्ड बीचको खेल टुँडिखेलमा प्रत्यक्ष प्रसारण हुने

खेलकुद, प्रमुख समाचार
काठमाडौं। आईसीसी टि–२० विश्वकप २०२४ अन्तर्गतको नेपाल र नेदरल्यान्ड बीचको खेल ओपन डोर इन्टरनटेनमेन्ट र काठमाडौँ महानगरपालिकाको सहकार्यमा टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ । यस प्रत्यक्ष प्रशारण कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ । माननीय खेलकुद तथा युवा मन्त्री बिराज भक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेल मा भव्य सांगीतिक कार्यक्रम पनि हुनेछ जसमा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भीयोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको संचालन जय प्रधानले गर्नेछन् भने खाजा र खानाका लागि विभिन्न स्टलहरू पनि उपलब्ध हुनेछ । ओपन डोर इन्टरनटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठका अनुसार आजको टुँडिखेलको प्रत्यक्ष प्रसारणले नेपाली खेलकुद प्रेमीको लागि एउटा अवीस्मरणीय क्षण प्रदान गर्नेछ । उनका अनुसार कम्तिमा ५ हजार नेपाली खेलकुद प्रेमीहरु टुँडिखेलमा भेला भ...
टी-२०विश्वकप :दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

टी-२०विश्वकप :दक्षिण अफ्रिकाले श्रीलंकालाई हरायो

खेलकुद, प्रमुख समाचार
काठमाडाै‌ं । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ। सोमबार न्युयोर्कमा भएको खेलमा श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट क्षतिमा पूरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले नटआउट १९ रन जोडे। त्यसअघि ओपनर क्वान्टन डि ककले २० रन मात्र जोडे। बलिङमा श्रीलंकाका हसरंगाले २ विकेट लिए। त्यसअघि अमेरिकाको न्युयोर्कमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरम ७७ रनमै अलआउट भएको हो। श्रीलंकाका लागि ओपनिङ ब्याटर कुशल मेन्डिसले १९ रन जोड्दा किमिन्दु मेन्डिसले ११ रन र एन्जेलो म्याथ्युजले १६ रन मात्र बनाउन सके। समूह ‘डी’ मा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल भोलि राति नेदरल्यान्ड्ससँग खेल्नेछ।...
नेपाली क्रिकेट टोलीलाई अमेरिकामा एनआरएनएको स्वागत

नेपाली क्रिकेट टोलीलाई अमेरिकामा एनआरएनएको स्वागत

खेलकुद, प्रमुख समाचार
काठमाडौं । आईसीसी टी(२० विश्वकपमा सहभागी हुन अमेरिका आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । स्वागतनका क्रममा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त गरेका थिए । टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आईसीसी प्रतियोगिता आयोजना गरेको हो ।...
पीएम कप एनभीए लिग भलिबलको खेलतालिका सार्वजनिक

पीएम कप एनभीए लिग भलिबलको खेलतालिका सार्वजनिक

खेलकुद, प्रमुख समाचार
काठमाडौं । नेपाल भलिबल संघले आठौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगको खेलतालिका सार्वजनिक गरेको छ । जेठ १९ देखि २६ सम्म त्रिपुरेश्वरस्थित (राखेप) को कभर्डहलमा आयोजना हुने लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र बुढानिलकण्ड भलिबल क्लबबीच खेल हुनेछ । पहिलो दिन पुरुषतर्फ ४ र महिलातर्फ २ गरी ६ खेल हुनेछ । यसैगरी पहिलो दिनमै महिलातर्फ एपीएफ र चन्द्रागिरी न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ खेल हुनेछन् । लिग चरणपछि महिला र पुरुष दुवैमा शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । लिगमा सहभागि टिमले संघको नियमअनुसार ३ जना विदेशी खेलाडीलाई राख्न सक्ने प्रावधान गरेको छ ।  ...
प्रिमियर कपको प्लेयर अफ दि टुर्नामेन्ट चुनिए सन्दीप

प्रिमियर कपको प्लेयर अफ दि टुर्नामेन्ट चुनिए सन्दीप

खेलकुद, समाचार
काठमाडौं । नेपालका बलर सन्दीप लामिछाने एसीसी प्रिमियरको कपको प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका छ्न् । सन्दीपले प्रतियोगितामा ब्याटिङतर्फ ५५ रन जोड्दा बलिङमा १३ विकेट लिएका थिए । यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द उत्कृष्ट ब्याटर घोषित हुँदा ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिएका छन् । अरविन्दले प्रतियोगिताम २ शतक र १ अर्धशतकसहित ४५४ रन बनाएका थिए । यस्तै, ओमानका बिलालले १७ विकेट लिएका थिए ।...
विश्वकपमा आज क्वार्टरफाइनलका दुई खेल हुँदै

विश्वकपमा आज क्वार्टरफाइनलका दुई खेल हुँदै

खेलकुद, समाचार
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज -शुक्रबार_ क्वार्टरफाइनलका दुई खेल हुँदै छन् । अन्तिम आठको आज हुने पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दै छ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा ब्राजिलले अन्तिम–१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४–१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने प्रिक्वार्टरफाइनलमा अर्को एसियन राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो । आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ । अर्जेन्टिनाले अन्तिम–१६ को खेलमा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । यस्तै, नेदरल्यान्ड्सले भने अमेरिकालाई ३–१ ले पराजित गरेको थियो ।...
ला लिगाको चौथो राउन्ड भोलीदेखि सुरु, समय तालिका सार्वजनिक

ला लिगाको चौथो राउन्ड भोलीदेखि सुरु, समय तालिका सार्वजनिक

खेलकुद, प्रमुख समाचार
काठमाडौं । फिफा विश्वकप छनोट खेलका कारण एक सातासम राकिएको स्पेनिस लिग ला लिगाको चौथो राउन्डका खेलहरू शनिबार (भोली) देखि सुरु हुने भएको छ । नेपाली समय अनुसार शनिबार राति १२ः४५ बजे हुने खेलमा मालोर्का र एथलेटिक बिल्बाओ भिड्नेछन् । यसअघि राति १०ः१५ बजे सुरु हुने पहिलो खेलमा लिभान्ते र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल लिभान्तेको घरेलु मैदानमा हुनेछ । बिल्बाओको घरेलु मैदानमा हुने खेलमा मालोर्का आफ्नो अपराजित यात्रालाई कायम राख्ने योजनामा रहेको छ । पहिलो राउन्डमा रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिएको मालोर्काले दोस्रो र तेस्रो राउन्डमा जित निकालेको थियो । मालोर्काले दोस्रो राउन्डमा डिर्पोटिभो अलाभेसलाई र तेस्रोमा स्पान्योललाई समान १–० गोलले हराएको थियो । जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको मालोर्काले तीन खेलबाट सात अंक बनाएको छ । मालर्कोकासँगै शीर्षस्थानमा रहेको रिय...
युरोकपमा सेमिफाइनल प्रवेशको लागि आज २ खेल हुँदै

युरोकपमा सेमिफाइनल प्रवेशको लागि आज २ खेल हुँदै

खेलकुद
काठमाडौं । युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका बाँकी रहेका २ खेलहरु हुँदै छन् । आज हुने खेलको बिजेताहरु सेमिफाइनल प्रवेश गर्ने छन् । पहिलो खेलमा नेपाली समय अनुसार ९स्४५ बजे चेक रिपब्लिक र डेनमार्क भिड्ने छन् भने दोस्रो खेलमा राति १२स्४५ मा युक्रेन र इंग्ल्यान्ड भिड्ने छन् ।
युरोकपमा आज तीन खेल हुने, क–कसको हुँदैछ भिडन्त ? (सूचीसहित)

युरोकपमा आज तीन खेल हुने, क–कसको हुँदैछ भिडन्त ? (सूचीसहित)

खेलकुद, समाचार
काठमाडौं । युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज समूह ‘ए’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ । पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे हुनेछ । फिनल्याण्ड लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । रुस भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोलले पराजित भएको थियो । दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । टर्की पनि पहिलो खेल जित्ने योजनामा छ । टर्की पहिलो खेलमा इटालीसँग ३–० ले हारेको थियो । आजको तेस्रो खेलमा इटाली र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । ...
भर्टनले गर्याे संघर्षपूर्ण जित

भर्टनले गर्याे संघर्षपूर्ण जित

खेलकुद, निर्माण
काठमाडौं, (ससं) । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ । सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै एभर्टन ५ खेलमा ४३ अंकसहित सातौँ स्थानमा पुगेको छ भने पराजित साउथह्याम्पटन २६ खेलमा ३० अंकसहित १४औँ स्थानमा रहेको छ ।...