Monday, April 29Nepal News Portal
Shadow

ला लिगाको चौथो राउन्ड भोलीदेखि सुरु, समय तालिका सार्वजनिक


काठमाडौं । फिफा विश्वकप छनोट खेलका कारण एक सातासम राकिएको स्पेनिस लिग ला लिगाको चौथो राउन्डका खेलहरू शनिबार (भोली) देखि सुरु हुने भएको छ ।
नेपाली समय अनुसार शनिबार राति १२ः४५ बजे हुने खेलमा मालोर्का र एथलेटिक बिल्बाओ भिड्नेछन् ।

यसअघि राति १०ः१५ बजे सुरु हुने पहिलो खेलमा लिभान्ते र रायो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ ।
उक्त खेल लिभान्तेको घरेलु मैदानमा हुनेछ ।

बिल्बाओको घरेलु मैदानमा हुने खेलमा मालोर्का आफ्नो अपराजित यात्रालाई कायम राख्ने योजनामा रहेको छ । पहिलो राउन्डमा रियल बेटिससँग १–१ गोलको बराबरीमा रोकिएको मालोर्काले दोस्रो र तेस्रो राउन्डमा जित निकालेको थियो । मालोर्काले दोस्रो राउन्डमा डिर्पोटिभो अलाभेसलाई र तेस्रोमा स्पान्योललाई समान १–० गोलले हराएको थियो ।

जारी लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको मालोर्काले तीन खेलबाट सात अंक बनाएको छ । मालर्कोकासँगै शीर्षस्थानमा रहेको रियल म्याड्रिड, दोस्रो स्थानमा रहेको सेभिया, तेस्रो स्थानमा रहेको भ्यालेन्सिया, चौथो स्थानमा रहेको बार्सिलोना र पाँचौं स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडको समान सात नै अंक छ । सुरुवाती प्रदर्शन र नतिजालाई आधार मान्ने हो भने यसपालीको उपाधि भिडन्त यीनै टोलीबीच हुने पक्का छ ।

यता दुई बराबरी र एक नतिजा निकालेको बिल्बाओ घरेलु मैदानमा मालोर्कालाई कडा टक्कर दिने दाउमा छ । बिल्बाओ पहिलो राउन्डमा इल्चेसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो राउन्डमा पनि बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको बिल्बाआले तेस्रो राउन्डमा सेल्टा भिगोलाई १–० गोलले हराएको थियो । तीन खेलबाट पाँच अंक बनाएको बिल्बाओ अहिले नवौं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइनेछ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नु पर्ने हुन्छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । हाल ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

Total Page Visits: 1258 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्