Friday, May 3Nepal News Portal
Shadow

फोटोफिचर

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

प्रमुख समाचार, फोटोफिचर, शिक्षा/स्वास्थ्य
काठमाडौं, २० कार्तिक (ससं) । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीले को एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कार्तिक २६ गते छलफलमा बोलाउँदै तत्काल उक्त पाठ्यक्रम लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतले छलफलबाट अन्तिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ कार्यान्वयन नगरी यथास्थितिमा राख्न भनिएको हो । नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवता अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले विपक्षीलाई नयाँ पाठ्यक्रम लागू गर्नुको कारणबारे १५ दिनभित्र लिखित ज...
कैलालीमा थप एक पुरुषको मृत्यु

कैलालीमा थप एक पुरुषको मृत्यु

प्रमुख समाचार, फोटोफिचर
काठमाडौ,कार्तिक २० (ससं) । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको छ । कडा खालको निमोनिया भएर र्कािर्तक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान करिब साढे ५ बजे मृत्यु भएको हो ।...
पछिल्लो २४ घन्टामा उपत्यकामा १८८८ जनामा संक्रमण पुष्टि,

पछिल्लो २४ घन्टामा उपत्यकामा १८८८ जनामा संक्रमण पुष्टि,

प्रमुख समाचार, फोटोफिचर
काठमाडौं, १४ कार्तिक (ससं) । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभरमा भने ३५१७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको छ । जसमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ । ललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८५९९ रहेको छ । जसमध्ये ६१९६ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २३४५ रहेको छ । भक्तपुरमा ५६५० जना संक्रमित भएकामा ४ हजार ४२२ जना निको भएका छन् भने ६३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ११६५ रहेको छ ।...

पेस्तोल र लागूऔषधसहित २ युवा पक्राउ

ऊर्जा, निर्माण, फोटोफिचर, ब्यानर
काठमाडौं, १३ कार्तिक (ससं)। सिराहाको कर्जन्हा नगरपालिकाबाट प्रहरीले बिहीबार कटुवा पेस्तोल र लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर बजारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुई जना युवकलाई कटुवा पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको सिराहा प्रहरीले जानकारीदिएको छ । पक्राउ पर्नेमा स ७ प २५५३ नम्बरको मोटरसाइकलमा सवार कर्जन्हा नगरपालिका २ का २२ वर्षीय डिम्पल यादव रहेका छन् । उनको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाइट्रोभेट ट्याब्लेट ६ थान बरामद भएको हो । पक्राउ परेका डिम्पलसँग सोधपुछ गर्दा उक्त घटनामा सोही ठाउँका २२ वर्षीय प्रेमनाथ यादव समेतको संलग्नता रहेको बताएपछि प्रेमनाथ समेतलाई नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको जानकारी दिएको छ ।...