Sunday, April 28Nepal News Portal
Shadow

२०८० सालमा बिहेको लगन ३५ दिन


काठमाडौं । आगामी वर्ष २०८० मा ३५ वटा विवाहको लगन परेका छन्। पाञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार साउन, भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा १ दिन पनि बिहेको लगन छैन ।

वैशाखमा ४, जेठमा ९, असारमा ३, मंसिरमा ८, माघमा ६ र फागुनमा ५ दिन गरी ३५ वटा विवाहको लगन रहेको छ। वैशाख १५ गते वृहस्पति उदाउने भएकाले १९ गतेपछि मात्र शुभ कार्यका लगन छन्।

जेठमा २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते तथा असारमा ७, ८ र ११ गरी ३ दिन विवाहको लगन रहेको छ।

यस्तै, विवाहको मुख्य सिजन मंसिर १२, १३, १८, २१, २३, २८, २९ र ३० गते लगन छ। माघमा २, १६, १७, २१, २३ र २९ तथा फागुनमा १९, २१, २२, २३ र २४ गरी ५ दिन लगन छन्।

Total Page Visits: 204 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्