Friday, May 10Nepal News Portal
Shadow

सरकारले भ्याट लगाएपछि व्यवसायीले आलु र प्याजको आयात रोके


काठमाडौं । व्यवसायीले आलु र प्याजको आयात रोकेका छन् । सरकारले आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै अहिले भारतबाट प्याज र आलु आयात नगरेको व्यवसायीहरुले बताएका हुन् ।

भ्याट सुरु भएकारण १-२ हप्तादेखी व्यावसाय बन्द गरेर बसेको कुरा नेपाल कृषिउपज आलुप्याज आयात निर्यात तथा थोक विक्रेता संघका अध्यक्ष मोहन बानियाँले बताए ।

दैनिक उपभोग गरिने आलु तथा प्याजमा लगाइएको भ्याटले भान्सा महँगिने भन्दै यसलाई खारेज गर्नुपर्ने उनको माग छ ।

संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यी वस्तुमा लगाइएको भ्याट हटाउनुपर्ने व्यवसायीले माग गरे ।

५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा सरकारलाई भ्याट तिर्नुपर्ने भएकाले यसले व्यवसायीलाई असहज बनाएको उनीहरूको भनाइ छ ।
आयातकर्ताले डिलरलाई यस्ता वस्तु दिँदा भ्याटमा दर्ता भएको हुनुपर्ने भएकाले आलु र प्याज आयात गर्न नसकेको संघका महासचिव प्रकाश गजुरेलले बताए ।

हाल वार्षिक २० अर्ब रुपैयाँको प्याज र आलुको कारोबार हुने गरेको उनले बताए ।

व्यवसायी उज्ज्वल कार्कीले यो नीतिले नेपाली कृषकको उत्पादनमा पनि भ्याट लाग्ने बताए ।

व्यवसायी भ्याटमा दर्ता भएकाले भ्याट बिल नकाटे सरकारले कारबाही गर्ने भन्दै यसलाई खारेज गर्नुपर्नेमा उनले जोड दिए ।

हाल ९९ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको उनले जानकारी दिए । बजारमा खपत हुने ६० प्रतिशत आलु भारतबाट आयात हुने पनि उनले बताए ।

Total Page Visits: 130 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्