Monday, May 20Nepal News Portal
Shadow

कलंकीको गार्मेन्ट उद्योग आगलागीमा १ जना बेपत्ता


काठमाडौं । कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर १ जना बेपत्ता भएका छन् ।

मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो ।

घटनापछि गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल बताए ।

‘डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको छ’, रिजालले अनलाइनखबरसँग भने, ‘परीक्षणपछि त्यो उनकै हो कि होइन भन्ने यकिन हुन्छ ।’

क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।

Total Page Visits: 184 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्