काठमाडौं, २ असोज (सस) । नेपाल रेलवे कम्पनीले भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबास ३४ किमी खण्डमा सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपाल सरकारले चेन्नईको कोंकर्ण रेल्वे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल ल्याइएको हो । अघिल्लो वर्ष माघमा आउनुपर्ने रेल कोभिड१९ ले असोजसम्म सरेको हो । कोभिड१९ का कारण भारतमा लकडाउनले रेल सेवा लामो समय बन्द रहेको थियो ।
आज यो रेलको परीक्षण गरिने कार्यक्रम छ। दशैंअगाडि नै नियमित रुपमा सञ्चालनका लागि भारतसँग छलफल गरी मोडालिटी तय गर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
भारत सरकारको सहयोगको ६९ किमी लामो जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको पहिलो खण्ड जयनगर–जनकपुरमा रेल सञ्चालन गरिन लागेको हो। सन् २०१० मा भारत सरकारले यो रेलमार्गको ब्रोडगेज पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्दता जनाएको थियो। जनकपुरदेखि महोत्तरीको बिजलपुरासम्मको खण्डमा भने पूर्वाधार निर्माण भइरहेको छ।
राणा शासनका बेला बिसं १९८४ मै भारतको जयनगरदेखि बिजलपुरासम्म रेल सेवा सञ्चालन गरिएको थियो।