काठमाडौं, ३ असोज (सस) । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट कुल संक्रमिणमध्ये न्यून संख्यामा मात्र मृत्यु भएका छन् । विश्वव्यापी रुपमा फैलिएको महारीका कारण हालसम्म ४ प्रतिशतको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । त्यसमा पनि दीर्घ रोगी र वालबालिका बढी रहेका छन् । वर्ल्डोमिटरका अनुसार हालसम्म विश्वमा ६ करोड ६९ लाख १ हजार ८०१ संक्रमितमध्ये ९ लाख ५६ हजार ४२१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमणमुक्त हुनेको संख्या २ करोड २३ लाख ३४ हजार ५०६ पुगेको छ ।
हाल सक्रिय संक्रमित मध्ये १ प्रतिशतमात्र जटिल अवस्थाका छन् भने ९९ प्रतिशत सामान्य अवस्थाका संक्रमित छन् । सक्रिया संक्रमित ७४ लाख ८७४ मध्ये जटिल संक्रमितको संख्या ६१ हजार ४०५ छ । त्यस्तै सामान्य अवस्थामा ७३ लाख ३९ हजार ४६९ रहेको छ ।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा ६९ लाख २५ हजार ९४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ लाख ३ हजार १७१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ४१ लाख ९१ हजरा ८९४ पुगेको छ ।
सबैभन्दा बढी कोरोना संक्रमित हुने देशको दोस्रो सूचीमा भारत छ । भारतमा हालसम्म ५३ लाल ५ हजरा ४७५ जनामा कारोना संक्रमण देखिएको छ ।