Monday, April 29Nepal News Portal
Shadow

मण्डेकाजी उत्कृष्ट वर्ष खेलाडी घोषित


काठमाडौं, (ससं) । करातेका मण्डेकाजी श्रेष्ठ वर्षको उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उनले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। १३ औँ दक्षिण एसियाली खेलकुद ९साग०मा मण्डेकाजीले दुई स्वर्ण पदक जितेका थिए। दोहोरो स्वर्ण पदक जित्ने तीन खेलाडीमध्ये मण्डेकाजी एक खेलाडी हुन्। मण्डेकाजीबाहेक तेक्वान्दोकी आयषा शाक्य र गल्फका सुवास तामाङले दोहोरो स्वर्ण पदक जितेका थिए। त्यसबाहेक पौडीकी गौरिका सिंहले चार स्वर्ण पदक जितेकी थिइन् ।

मण्डेकाजी यस वर्ष पिपल्स च्वाइस विधाको मनोनयनमा पनि परेका थिए। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको कार्यक्रममा मण्डेकाजीले फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपिचन्द कार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन्। त्यस्तै गल्फका सुवास उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए।

Total Page Visits: 609 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्