Sunday, February 16Nepal News Portal
Shadow

होशियार : के तपाईपनि सुत्नेबेला मोबाइल चलाउनु हुन्छ ? एकपटक अवस्य पढ्नुहोस्


काठमाडौं, (ससं) । यदि तपाइको सुत्नुअघि मोबाइल चलाउने बानी छ भने यस्तो बानी तत्काल परिवर्तन गर्न जरुरी हुन्छ ।
यदि ख्याल गर्नु भएको छैन भने विचार पुर्याउनुस्, सुत्नु अघि यस्ता डिजिटल प्रविधिको प्रयोग गर्दा शारीरिक र मानसिक दुवै हानी गर्छ। यसले निन्द्रा नलाग्ने र निदाइहाले पनि छोटो निन्द्रा पर्ने अनि बिहान उठ्दा शरिर गह्रौ बनाउने गर्छ।
के हुन्छ मोबाइल चलाउँदा?
सुत्नु अघि टिभी, ट्याबलेट, मोबाइल, ल्यापटप अनि अन्य इलेक्ट्रोनिक डिभासको प्रयोग गर्दा शरिरको आन्तरिक घडी बिग्रन्छ। यो आन्तरिक घडीलाई सर्काडियन रिदम भनिन्छ। सूर्योदय र सुर्यास्तको समयमा शरिरले आफ्नो आन्तरिक घडी रिसेट गर्छ, यही घडी अनुसार शरिरले बिभिन्न आन्तरिक तथा बाह्य अवस्थाको लागि आफुलाई तयार राख्छ।

जब यो सर्काडियन रिदम  बिग्रन्छ तब निन्द्राको समयमा शरिरमा उत्पन्न हुने मेलाटोनिन नामको हर्मोन उत्पादनमा दख्खल पुग्छ। जसले निन्द्रा अनियमित बनाइदिन्छ।

यी इलेक्ट्रोनिक डिभासबाट निस्कने छोटो वेभलेन्थको कृत्रिम निलो प्रकाशको कारण शरीरको यो आन्तरिक घडीमा असर पुगेको हो।

बेलुकाको समयमा जति बढी यस्ता इलेक्ट्रोनिक उपकरण प्रयोग गरिन्छ, त्यति नै निदाउन गाह्रो हुन्छ, छोटो निन्द्रा पर्छ।

यसरी सुत्नु अघि नियमित मोबाइल चलाउने बानीले बिस्तारै शारिरीक स्फुर्ति घटाउँदै जान्छ, जसले मानसिक रुपमा पनि विभिन्न समस्याहरु देखिन थाल्छन।
यो बानी हटाउन बेलुका सुत्नु अघि किताब पढ्ने बानी सुरु गर्न सकिन्छ। यसले निन्द्रा लगाउन पनि मद्धत गर्छ अनि ज्ञान पनि पाइन्छ।

अर्को प्राविधिक उपाय पनि छ, किन्डल। इलेक्ट्रोनिक उपकरण नै भएपनि किन्डलमा किताब पढ्दा यसले अन्य उपकरण जस्तो हानी गर्दैन, किनकी यसले मोबाइल, ट्याबलेटहरु झै कृत्रिम निलो प्रकाश निकाल्दैन। सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

कुनैदिन निदाउने १ घण्टा अघि नै मोबाइल चलाउन बन्द गर्नुस्, अनि हेर्नुस् बिहान उठ्दा कति सहजै उठ्न सक्नुहुन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्