Sunday, May 19Nepal News Portal
Shadow

पैसाको विवाद नमिल्दा भिनाजुको हत्या


जनकपुरधाम, (ससं) । दुई साताअघि (माघ १३ गते) धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा मृत फेला परेका एक डिष्टिलरीका सञ्चालकको हत्या भएको खुलेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका ७ निवासी प्रमोद रेग्मी गत माघ १३ गते मृत फेला परेका थिए ।
आफ्नै कोठामा मृत फेला परेका ५४ बर्षीय रेग्मीको उनकै सालो निरज खातीले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । सेयर लगानीसम्बन्धी विवाद हुँदा खातीले रेग्मीको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।
३५ बर्षीय खातीले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गराईं बाँसको लठ्ठीले टाउकोमा प्रहार गर्दा रेग्मीको ज्यान गएको प्रहरीको भनाई छ । हत्या आरोपमा पक्राउ परेका खातीलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

Total Page Visits: 464 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्