Sunday, May 19Nepal News Portal
Shadow

तपाईलाई थाहाँ छ बढि भोक लाग्नुको कारण? थाहाँ छैन भने हेर्नुहोस्


काठमाडौं, (ससं) । हाम्रो शरीरलाई सन्तुलित आहारको आवश्यकता पर्दछ । फिगर कन्सस महिलाले कम क्यालोरी भएको खाना खान मन पराउँछन्। यस्तो खाना शरीरका लागि हानिकारक हुन्छ। क्यालोरीरहित खाना खाँदा भोक लागिरहन्छ।

कतिपयलाई खाना खाइसकेपछि पनि भोक लाग्छ।जति खाए पनि भोक मेटिँदैन। पटक–पटक भोक लाग्नु रोगको लक्षण पनि हुनसक्छ। धेरै भोक लाग्नुका कारण यस्ता छन्ः

पर्याप्त पानी नखानु
पानी भोक शान्त गर्ने एकदमै राम्रो साधन हो। पर्याप्त मात्रामा पानी नपाउँदा शरीर डिहाइड्रेटेड हुन्छ। कतिपय मानिस शरीर डिहाइड्रेटेड भएको बुझ्दैनन् र बढी खानेकुरा खान्छन्।

प्रोटिन र फाइबरको कमी
हामीले गर्ने भोजनमा प्रोटिन र फाइबरको कमी भयो भने जतिखेर पनि भोक लागेको महसुस हुन्छ। प्रोटिन र फाइबरयुक्त भोजनले भोक शान्त पार्छ।

पर्याप्त क्यालोरी नलिनु
शरीरलाई सन्तुलित आहारको आवश्यकता हुन्छ। फिगर कन्सस महिलाले कम क्यालोरी भएको खाना खान मन पराउँछन्। यस्तो खाना शरीरका लागि हानिकारक हुन्छ। क्यालोरीरहित खाना खाँदा भोक लागिरहन्छ।

कम सुत्नु
सात–आठ घण्टाको निद्राले शरीरलाई स्वस्थ र ऊर्जावान् बनाउँछ। निद्रा पुगेन भने शरीर थाकेको जस्तो हुन्छ। थकान मेटाउन ऊर्जाको आवश्यकता पर्छ। जो भोजनबाट पाउन सकिन्छ। ऊर्जा नहुँदा पनि पटक–पटक भोक लाग्छ।

बिहान खाजा नखानु
बिहानको खाजामा प्रोटिनयुक्त खाद्य पदार्थ छैन भने पनि बारम्बार भोक लागिराख्छ।

हतारिएर खानु
छिटो–छिटो खानेहरूलाई पनि निरन्तर भोक लाग्ने समस्याले सताउँछ। खाना बिस्तारै चपाई–चपाई खानुपर्छ। यसो गर्दा खाना पेटमा राम्ररी पच्छ र त्यसमा भएका पोषक तत्व‍ले शरीरलाई ऊर्जावान् बनाउँछ।

अन्य कारण
पटक–पटक भोक लाग्नु मधुमेह जस्ता रोगको सुरुवाती चरण पनि हुनसक्छ। यसो हुँदा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्छ।

Total Page Visits: 742 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्