Sunday, May 19Nepal News Portal
Shadow

लक्ष्मीनारायण बहुउद्देश्य सहकारी संस्थाले एक करोड २ लाख मुनाफा गर्यो


काठमाडौं, ३० असोज (ससं) । लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७६÷०७७ मा एक करोड २ लाख ६५ हजार रुपैयाँ मुनाफा गरेको छ । संस्थाको आज सम्पन्न तेह्रौं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष शंकर थापाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले उक्त मुनाफा आर्जन गरेको बताए ।

संस्थाले गत असार मसान्तसम्म २ करोड ८० लाख ६० हजार रुपैयाँ आम्दानी गरेकोमा उक्त आम्दानीबाट एक करोड ६९ लाख रुपैयाँ खर्च गरेको हो । संस्थाको वार्षिक साधारणसभा काठमाडौंको मुलपानीमा रहेको गणेश हिमाल माध्यमिक विद्यालयमा सो साधारणसभा सम्पन्न भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष थापाले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउदै लक्ष्मीनारायण सहकारीले सहकारीका शेयरधनी सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको बताए ।
अध्यक्ष थापाले शुभकामना सन्देश दिँदै भौतिक दुरी कायम गरेर दशैं मनाउन आफ्नो सेयर सदस्यलाई आग्रह गरे ।

Total Page Visits: 618 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्