Tuesday, May 7Nepal News Portal
Shadow

यी हुन् संसारकै अचम्मका ४ जीव ! हेर्नुहोस्


काठमाडौं, (ससं) । हामीले संसारका बिभिन्न अनौठा जनावरहरु देखेका तथा सुनेका छौ । यी जीवहरु साँच्चिकै अनौठा छन् । तिनीहरुलाई देखेर तपाई पनि अचम्ममा पर्नुहुनेछ ।

१. नेकेट मोल मुसा

यो जनावर पूर्वी अफ्रिकामा पाइन्छ । यो एक प्रकारको मुसा हो । तर यो जनावर आम मुसाहरु भन्दा बिल्कुलै फरक छ । यसको छाला यस्तो हुन्छ कि, देख्दा बाहिरी छाला छ कि छैन भन्ने कुरा यकिन गर्नै मुश्किल पर्छ ।

साथै अन्य मुसाहरुको शरीरमा भएको जस्तो रौँ यो मुसामा हुँदैन । तर यो मुसा मानिसहरुका लागि अत्यन्तै खतरनाक हुन्छ ।

 

२. स्यागा एन्डीलोप

स्यागा एन्डीलोप रुस र काजिकिस्तानमा पाइन्छ । यो जनावर देख्नमा आम हरिणको जस्तै हुन्छ । तर यिनीहरुको नाक एकदमै लामो अनि ठूलो हुन्छ । त्यसैले यो जनावर सबैभन्दा फरक र अचम्मको देखिन्छ ।

 

३. पिंक फेयरी अर्माडिलो

यो जनावर पनि अचम्मका जीवहरुलो सूचीमा पर्छ । यो जनावर पनि मुसा जस्तै देखिन्छ । यसका तीखा नंग्रा र शरिरको माथि छाला ओडाईएको जस्तो देखिन्छ ।

यो जनावर जमिन खन्नको लागि एकदमै माहिर हुन्छ । संसारका जनावरहरु मध्येमा यो जनावरले सबैभन्दा छिटो जमिन खन्न सक्छ ।

 

४.ल्याम्प्रे

आर्कटिक महासागमा पाइने ल्याम्प्रे प्रजातीको माछा पनि अनौठो देखिने जनावरहरुमै पर्छ । यो माछोले आफ्नो लामो दाँतको सहायता एक पटक आफ्नो शिकार कसैलाई बनायो भने त्यो जीव बाँच्न सक्दैन ।

उसको दाँतमा आएको शिकार नमारिकन यो माछोले कुनै हालतमा पनि उम्किन दिँदैन । एजेन्सीबाट

Total Page Visits: 859 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्