Monday, May 20Nepal News Portal
Shadow

रुपन्देहीमा कोरोना भाइरस बाट थप एकको मृत्यु


काठमाडौं, १ कार्तिक(ससं) । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका८ का ४९ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारिले बताएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार रुपन्देहीमा कोरोेना संक्रमितबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Total Page Visits: 516 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्