काठमाडौं, २ कार्तिक (ससं) । उदयपुरमा गए राति स्कारपियो दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। गए राति १ बजे कटारी नगरपालिका वडा नम्बर १४ स्थित सिद्धिचरण राजमार्गबाट करिब ९ सय मिटर तल खस्दा स्कारियोमा सवार रहेका पाँच जनाको मृत्यु भएको हो।
बा २० च ७१७१ नम्बरको स्कारपियो दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्। उनीहरू भारतबाट ओखलढुंगा आउँदै थिए । दुर्घटनास्थलमा प्रहरी पुगेको र घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरीले जानकारी दिएको छ ।