Monday, May 20Nepal News Portal
Shadow

२ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गदै एनएमबि बैंक


काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि १० वर्ष अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि ऋणपत्र ८.५ %–२०८७/८८’ ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले निष्कासन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने ८ लाख कित्ता सर्वसाधारणमा बिक्री खुला गरिने छ । जसमा ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ७ लाख ६० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

बैंकले बिक्री गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

Total Page Visits: 457 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्