Sunday, May 19Nepal News Portal
Shadow

अनुहारमा चायापोतो आएर हैरान हुनुहुन्छ ? चिन्ता नगर्नहोस् यस्ता छन् सजिलै गोरो बन्ने उपाय


गर्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले शरीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका समस्या आउन सक्छन् । त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छालामा धेरै असर पर्नसक्छ । धुलोले गर्दा छाला चिलाउने र गहिरो घाउ बनेर दागसमेत बस्ने सम्भावना हुन्छ ।

छालाले शरीरको पूरै भाग ढाकेर राखेको हुन्छ । गर्मीयाममा सूर्यको किरण निकै तेजिलो हुने भएकाले शरीरको खुला भागमा सन बर्न हुने, दाग बस्नेलगायतका समस्या आउन सक्छन् । त्यसैगरी अहिले सहरको धुलो र धुवाँले गर्दा छालामा धेरै असर पर्नसक्छ । गर्मीयाममा शरीरमा पानीको मात्रामा कमी हुने गर्छ । यही कारणले गर्दा छालामा चाउरी पर्ने र छालाको चमकसमेत हराउँदै जान्छ । यस्तो अवस्थामा जति नै महँगा सौन्दर्य प्रसाधनका सामग्री प्रयोग गरे पनि फाइदा नहुन सक्छ ।

त्यसैगरी पार्लरमा गएर छालाको उपचार गराउँदा क्षणिक राम्रो देखिए पनि यसले दीर्घकालीन रूपमा कुनै फाइदा नहुने देखिन्छ । त्यसैले जाडो होस् या गर्मी, आफ्नो छालालाई घरमै नियमित हेरचाह गर्‍यो भने छाला स्वस्थ र चम्किलो हुन्छ । महँगा सौन्दर्य सामग्रीले गर्न नसक्ने काम घरमै पाइने विभिन्न सामग्री र त्यसबाट बनाइएका घरेलु प्याकले गर्न सक्छ । अनुहार गोरो बनाउन विभिन्न घरेलु प्याकहरू बनाउन सकिन्छ ।

बदाम प्याक
मधेसी बदामका केही दानालाई रातभरि पानीमा भिजाउने । भोलिपल्ट बिहान बदामलाई पिसेर मसिनो बनाउने । त्यसमा थोरै दूध हालेर लेदो बनाउने । उक्त लेदोलाई अनुहारमा लगाएर १५ मिनेटजति पखाल्ने । यसले अनुहारको छालालाई पोषण प्राप्त भई छाला सुन्दर र चम्किलो हुन्छ ।

तुलसीको प्याक
तुलसीको प्याक सूर्यको हानिकारक किरणबाट छालामा पर्ने नकरात्मक प्रभाव कम गर्न लाभदायक मानिन्छ । तुलसीको पातलाई राम्रोसँग पिसेर त्यसको लेदोलाई अनुहारमा दलेको केही बेरपछि मनतातो पानीले अनुहार पखाल्नु पर्छ ।

पुदिना प्याक
पुदिनाका पातलाई टिपेर राम्रोसँग पिस्ने । त्यसपछि यस लेपमा बेसारको धुलोलाई मिसाउने । अनुहारलाई मनतातो पानीले धोएर त्यसमा पुदिनाको लेप लगाउने । करिब १५ मिनेटजति त्यत्तिकै राखेपछि चिसो पानीले अनुहार पखाल्दा ताजापन महसुस हुन्छ ।

काँक्रोको प्याक
काँक्रो खाँदा स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, यसको गुदी पनि त्यतिकै लाभदायक हुन्छ । काँक्रोको गुदी निकालेर लेदो बनाई अनुहारमा दलेर दस मिनेटजति त्यत्तिकै राखेर चिसो पानीले अनुहार पखाल्नु पर्छ । यसले पनि ताजापनको अनुभूती गराउनुका साथै छालामा चमक दिन्छ ।

गोलभेडा प्याक
गोलभेडाको गुदीमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने । करिब १० मिनेटपछि त्यसलाई सफा पानीले पखाल्ने । यो प्याक तैलीय छालाका लागि उत्कृष्ट हुन्छ । सूर्यका हानिकारक किरणको असरस्वरूप छालामा देखा पर्ने सन बर्न र दागहरू हटाउन यो प्याकले सहयोग पुर्‍याउँछ ।

केराको प्याक
एउटा सिंगो केराको आधा भागमात्रै लिने र त्यसलाई एउटा कचौरामा हालेर राम्रोसँग मिच्ने । त्यसमा एक चम्चा मह र दुई चम्चा क्रिम हालेर राम्रोसँग फिट्ने । यस प्याकलाई अनुहारमा लगाएको १० मिनेटपछि चिसो कपडाले पुछ्ने ।

मेवाको प्याक
प्रायः सबै फलफूलका प्याक अनुहारमा लगाउँदा फाइदाजनक हुन्छ । राम्रोसँग पाकेको मेवालाई पिसेर त्यसको लेपलाई अनुहारमा लगाउने । केही बेर राखेर सुकेपछि मन तातो पानीले अनुहार पखाल्ने ।

बेसन प्याक
महलाई मनतातो बनाएर बेसनको पीठोमा मिसाउने । यो मि श्रणलाई अनुहारमा लगाएर २० मिनेटजति राखेपछि चिसो पानीले पखाल्ने ।
यी प्याकको प्रयोगबाहेक नियमित रूपमा छालालाई सफा पानीले पखाल्ने गर्नाले पनि छाला स्वस्थ हुन्छ । बजारमा पाइने जस्तो पायो त्यस्तै फेस वास लिएर प्रयोग गर्नु त्यति राम्रो हुँदैन ।

अन्डा प्याक
अन्डाको सेतो भागमा आधा चम्चा कागतीको रस हालेर राम्रोसँग फिट्ने । यस लेपलाई अनुहारमा लगाएको २० मिनेटपछि सफा पानीले अनुहार पखाल्ने गर्नुपर्छ ।

जौको प्याक
जौको पीठो र दही मिसाएर बनाइएको प्याकलाई अनुहारमा लगाउने । करिब आधा घन्टापछि मनतातो पानीले अनुहार पखाल्नाले छाला सुक्खा हुने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

 

Total Page Visits: 1057 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्