Monday, May 20Nepal News Portal
Shadow

५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । ‘नियमित रक्तदान स्वस्थ हुनुको परिणाम’ मूल नारा सहित विभिन्न स्थानमा ५५ औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवस सम्पन्न गरिएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम मंगलबार राजधानीमा सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार बिशेष अतिथिको रुपमा आमन्त्रित थिइन् ।

पाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला शाखाका अध्यक्ष रोशन तुकँबञ्जास्को सभापतित्वमा आयोजित उक्त कार्यक्रमको संयोजन निवर्तमान अध्यक्ष मुक्तिसुन्दर जधारीले गरेका थिए । सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ६२ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यका र विशेष अतिथि डा. राजकर्णिकारले सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

त्यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखाका अध्यक्ष नविन महर्जनको सभापतित्वमा आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिका अध्यक्ष बिजयकुमार महर्जनले अतिथिको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा पनि रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा शतक रक्तदाता कर्माचार्यले नै प्रमुख अथितिको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा २६ जनाले स्वयंसेवी तवरबाट रक्तदान गरेका थिए । रक्तदान गर्नहरुलाई कर्माचार्यले नै प्रमाणपत्र वितरण गरेका थिए ।


त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजको विशेष आह्वान र संयोजनमा स्थानीय क्लब २८ बागबजारद्वारा बागबजार स्थित अराधन कम्प्लेक्समा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ४४ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष भाइराम खड्गीले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रममा विशेष अतिथि रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता कर्माचार्यलाई कदरपत्र प्रदान गरि सार्वजनिक तवरले सम्मान गरिएको थियो ।

५०औं पटक रक्तदान गर्ने प्रचण्ड कारञ्जितलाई पनि कदरपत्र प्रदान गरि सम्मान गरिएको थियोे । क्लबका अध्यक्ष अरूण तण्डुकारको सभापतित्वमा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले रक्तदाताहरूलाई प्रशंसाा पत्र र मायाको चिनो वितरण गरेका थिए ।

Total Page Visits: 987 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्