Monday, May 20Nepal News Portal
Shadow

स्वयंसेवी शतक रक्तदाता कर्माचार्य सम्मानित


काठमाडौं । ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६७ औं पटक रक्तदान गरिसकेका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गरेको छ । संस्थाले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा एक बिशेष समारोहका बीच आइतबार होटल हार्दिकमा कर्माचार्यलाई सम्मान गरेको हो । कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब बडालले ताम्रपत्रको सम्मान–पत्र प्रदान गरि सार्वजनिक सम्मान प्रदान गरेका थिए ।

कार्यक्रमका सभापति एवं ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामइन्द्र न्यौपानेले फूलको माला पहराई,कस्मिराको सल ओढाएर कर्मचार्यलाई बिशेष सम्मान गरेका थिए । कर्माचार्यले सम्मान स्वरुप ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त रकम बराबरको चेक ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले कर्माचार्यलाई हस्तान्तरण गरेका थिए ।

अन्य दुई ब्राईट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक सदस्यहरु मध्ये विनोद गिरी र नवराज के.सी.पनि सम्मानित भएका थिए ।

Total Page Visits: 1475 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्