काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बिहीबार घटेको छ। बुधवार तोलामा ९ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको कारोबार मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
बुधवार सुन तोलामा ९ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ ।