Tuesday, March 18Nepal News Portal
Shadow

पुस २७ गतेदेखि विद्यालय बन्द


काठमाडौं । सरकारले भोली पुस २७ गतेदेखि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ देखि माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार तीब्ररुपमा फैलिएको ओम्रिकोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएको भन्दै विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटको विषयलाई विशेष ध्यान दिँदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरुमा बार्षिक बिदामा मिलान हुने गरी पुस २७ देखि १५ गतेसम्मको विदा दिने निर्णय गरेको छ । उक्त अवधिमा १२ देखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत खोप लगाउन भनेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू’ भनेको छ । यसअघि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्