Saturday, May 18Nepal News Portal
Shadow

रुख ढल्दा विद्युत् सेवा अवरुद्ध


काठमाडौं । शनिबार(हिजो) बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

आइतबार (आज) बिहानदेखि उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । गएरातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

राति रुख ढलेका कारण विद्युत् समस्या भएको स्थान पत्ता लगाउन मुस्किल भएको प्राधिकरणले बताएको छ । लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रशारण लाइन आउने गर्दछ । विद्युत् हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्राही बताउँछन् ।

Total Page Visits: 1293 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्