Sunday, May 5Nepal News Portal
Shadow

बधाई दिने भीडले काममा असर गर्‍यो : मुख्यमन्त्री कार्की


काठमाडौं। मुख्यमन्त्री नियुक्त भएपछि बधाई दिन आउनेहरुको भीडले गर्दा अन्य काममा असर परेको प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले बधाई दिन आउनेहरुको भीडले काममा असर गरेको बताएका हुन् ।

उनले भने, बधाई दिन आउनेलाई भेट्दिन भन्न पनि मिलेन एकपछि अर्को टिम आउँदा अन्य काममा पनि असर परेको अनुभूति भएको छ । पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई बधाई दिने क्रम अझै नरोकिएको बताएका छन् ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कानूनबाटै प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका हुन् । अघिल्लो सरकारले संसदमा पेस गरेको विधेयक संसदीय समितिमा विचाराधिन थियो । मुख्यमन्त्री कार्कीले नयाँ कानून बनाएर प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन्।

उनले प्रदेशको नाम सकेसम्म सहमतिका आधारमा गर्ने बताए । सहमति हुन नसके प्रक्रियामा लैजाने उनको भनाइ छ ।

Total Page Visits: 303 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्