Saturday, May 18Nepal News Portal
Shadow

नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न


काठमाडौं । नयाँ मोदी (पर्वत)–लेखनाथ (कास्की) प्रसारणलाइन निर्माण सम्पन्न भएको छ ।

नयाँ मोदी–लेखनाथ प्रसारणलाइन आयोजना अन्र्तगत ४३ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारणलाइन र मोदी गाउँपालिका–२, देउपुरमा १३२ केभी स्वीचिङ स्टेसन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा १३२ केभी लाहाचोक सबस्टेसन तथा लेखनाथ सबस्टेसनको स्वीचयार्डमा १३२ केभी लाइनवे निर्माण गरिएको छ ।

पर्वत, कास्कीलगायत जिल्लाको विद्युत् आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण गरिने जलविद्युत् आयोजनाहरूको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि यो आयोजना निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

आयोजनाअन्तर्गत पर्वतको मोदी गाउँपालिका–२, देउपुरस्थित स्वीचिङ स्टेसनबाट लाहाचोकसम्मको १३२ केभी प्रसारणलाइन र लाहाचोक सबस्टेसन गत वर्षको पुसमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको थियो ।

लाहाचोक–लेखनाथखण्ड निर्माण सम्पन्न गरी मंगलबार चार्ज गरिएसँगै नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारणलाइन निर्माण सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

Total Page Visits: 225 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्