Sunday, April 28Nepal News Portal
Shadow

फुटपाथ सफा गर्दै काठमाडौं महानगर


काठमाडौं । काठमाडौं महानगरपालिकाले फुटपाथमा भएका अव्यवस्थित सामग्रीहरु हटाउन थालेको छ । कालिमाटीदेखि कुलेश्वरसम्मको फुटपाथमा अलपत्र अवस्थमा रहेका निर्माण लगायतका अन्य सामग्री महानगर नगर प्रहरीले हटाएको हो ।

फुटपाथका साथै सडक नै अवरुद्ध हुने गरी राखिएका निर्माण सामग्री, ब्लक तथा अव्यवस्थित तारहरु हटाइएको महानगर नगर प्रहरीले जनाएको छ ।

महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार फुटपाथलाई व्यवस्थित बनाउन महानगर प्रहरीले सुधारको अभियान अघि बढाएको बताए ।

फुटपाथ अव्यवस्थित हुँदा सर्वसाधाण नागरिकलाई फुटपाथमा हिंड्न असहज हुनुका साथै सडक दुर्घटनाको जोखिम समेत रहेकाले फुटपाथ व्यस्थित अभियान सुरु गरेको महानगरको भनाइ छ ।

Total Page Visits: 283 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्