Sunday, May 12Nepal News Portal
Shadow

महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्ति


काठमाडौं, पुस ८ (ससं) । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ।

नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाणले जानकारी दिए।

“फुटबलमा निक्कै सम्भावना बोकेका वालिङका महिला खेलाडीलाई छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेका छौं” नगर प्रमुख खाणले भने,“जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुन्छ र थप आर्थिक बोझ पर्ने छैन।”

नगरपालिका फुटबल खेलको विकास र खेलाडीको आन्तरिक प्रतिभालाई प्रस्फुटन गराउन लागि प्रतिबद्ध भएर लागेको उनले बताए। उनले थप स्पष्ट पारे, “खेलकूदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी हो, भोलिका दिनमा यसले पक्कै पनि प्रतिफल दिन्छ।”

वालिङको महिला फुटबल टिमले राष्ट्रियस्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकाले आगामी लिगमा सर्वोत्कृष्ट बन्नका लागि आवश्यक रणनीति अपनाउन कुनै कञ्जुस्याइँ नगरिने नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताइन्।

महिला खेलाडीहरुले आफूले अध्ययन गर्दै आइरहेको विद्यालय÷क्याम्पस उल्लेख गरी नगरपालिका कार्यालयमा निवेदन दिएपछि छात्रवृत्तिको प्रक्रिया थालिने उनले बताइन्।

रासस

Total Page Visits: 485 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्