Monday, May 20Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य


काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

यसदिन छापावाल सुन तोलामा १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 149 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्