Saturday, May 4Nepal News Portal
Shadow

दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४.०५ अंकले घटेर २ हजार ५०.७८ विन्दुमा बन्द भएको छ ।

आज ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४५ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आव सिटी होटल्स लिमिटेडको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २६१.४० रुपैयाँ पुगेको छ ।

आज सबैभन्दा बढी थ्रिन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज २३ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

Total Page Visits: 149 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्