Wednesday, May 15Nepal News Portal
Shadow

विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका सवारी साधनमा जिपिएस प्रणाली जोड्ने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेका सवारी साधनमा जिपिएस प्रणाली जोडिने भएको छ।

प्राधिकरणले सबै चार पांग्रे सवारीमा जिपिएस प्रणाली जडान गर्ने भएको हो।

प्राधिकरणको निर्देशनालय, विभाग, महाशाखा, शाखालगायत सबै कार्यालयका सवारी साधनको नियमन तथा व्यवस्थापनका लागि जिपिएस प्रणाली जडान गर्ने निर्णय कुलमान घिसिङले गरेका हुन्।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले गाडी कहाँ गुडिरहेको छ ?, जानु पर्ने ठाउँ पुगेको छ वा छैन लगायत जानकारीका लागि जिपिएस प्रणाली जडान गरिएको बताएका छन्।

यसको उद्देश्य गाडी गलत ठाउँमा नजाओस् अथवा गाडी कतै दुर्घटनामा परेको अवस्था छ की भन्ने पनि देखाउँछ, उनले भने।

जिपिएस प्रणाली भनेको सवारी साधन कुन स्थानमा कस्तो अवस्थामा छ भनेर देखाउने प्रणाली हो। कहाँ कति बेर रोकियो भन्ने पनि देखिन्छ। यसले सवारी कुन गतिमा चलिरहेको छ भन्ने कुरासमेत देखाउँछ।

Total Page Visits: 110 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्