Tuesday, May 14Nepal News Portal
Shadow

नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोना संक्रमणमुक्तहरुसँग प्लाज्मा दान गर्न पहलकदमी चाल्ने


काठमाडौं, ३ असोज (सस) । नेपाल स्वयंसेवी रक्तदाता समाजले कोरोनामुक्त भएकाहरुसँग प्लाज्मा दान गर्न पहलकदमी चाल्ने भएको छ । समाजले कोरोना भाइरस (कोभिड-१९ ) का बिरामीहरूको उपचार प्लाज्मा थेरापीद्वारा प्रभावकारी रुपमा गराउँन यस्तो पहल थाल्न लागेको हो । सोही विषयमा केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा शनिबार काठमाडौं महानगरपालिका वडा नं. २३ मा स्वयंसेवी रक्तदाताहरूको भेला बसेको थियो ।

रगत र रगतबाट तयार पारिएका तत्वहरू पीडित पक्षलाई सहज र सर्वसुलभ कसरी उपलब्ध गराउन सकिन्छ ? भन्ने विषयमा भेलाको छलफल केन्द्रित भएको बताइएको छ । कोरोना भाइरसका बिरामीहरूलाई प्लाज्मा थेरापीबाट गरिँदै आएको उपचारलाई मागअनुसार वा आवश्यकताअनुसारको, कोरोना भाइरस संक्रमितमुक्त भएर स्वास्थ्य लाभ लिइरहेकाहरुलाई प्लाज्मा दान गर्न र गराउन पहलकदमी गर्नुपर्नेमा उक्त भेला केन्द्रित भएको बताइएको छ । भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका वडा नं. २३ मा राकेश लाल श्रेष्ठको अध्यक्षमा समितिसमेत गठन गरेको छ ।

समितिको उपाध्यक्षमा अनिल दर्शनधारी, सचिवमा सुजन प्रधान र कोषध्यक्षमा राजेश श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा जय हरि श्रेष्ठ, सुशील रत्न ताम्राकार, कर्ण रत्न शाक्य, महेन्द्र रत्न शाक्य, राजिव चित्रकार, निरज स्थापित, मैंया महर्जन, गिता महर्जन र शाहिल श्रेष्ठ रहेका छन् । नव गठित कार्य समितिलाई संस्थाको लोगो अंकित व्याज प्रदान गर्दै केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले बधाई दिएका थिए ।

उक्त कार्य समितिले वर्तमान कोभिड-१९ ले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै रगत र रगतबाट तयार रक्त(तत्वहरूको अभावलाई सम्बोधन तथा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्नरगराउन गरिएको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रमसमेत आयोजना गर्ने बताइएको छ ।

Total Page Visits: 600 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्