Monday, May 20Nepal News Portal
Shadow

२ लाख रकम सहित ७ जुवाडे पक्राउ


घोराही, (ससं) । दाङमा झण्डै सवा २ लाख रकमसहित सात जना जुवाडेलाइ जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही ९ तेघराबाट २ लाख २० हजार ७ सय रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिएका हुन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट पक्राउ पर्नेमा घोराही १६ सर्रा बस्ने ३३ वर्षीय धिरण शाह, घोराही ९ का २१ वर्षीय प्रज्वल शाह, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १३ का २० वर्षीय सुनिल पुनमगर, घोराही ७ का २२ वर्षीय पङ्कज पन्त, घोराही ९ का ५४ वर्षीय होमबहादुर केसी, रोल्पा त्रिबेणी गाउँपालिकाका विजय गाहामगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
पक्राउ परेकामाथि घटनाको थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 494 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्