Saturday, May 18Nepal News Portal
Shadow

‘राजीनामा नदिएमा १३ दिनपछि सुरु हुने संसदबाटै ओलीलाई कारबाही गर्छौ’:  भीम रावल


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका नेता भीम रावलले लोकतन्त्रलाई कुनै पनि व्यक्तिले स्वइच्छाकारिता गर्दैमा टिक्दैन भन्ने कुरा प्रमाणित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय वदर गरेको भोलिपल्ट (बुधबार) धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सिध्याउनेगरी स्वइच्छाकारिता गरेकाले त्यसलाई सम्मानित सर्वोच्च अदालतले उल्टाइदिएको छ,’ उनले भने,‘त्यसैले लोकतन्त्रमा आफू अनुकुलको स्वइच्छाकारिता धेरै दिन टिक्दैन भन्ने प्रमाणित भएको छ ।’ पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले अब प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तुरुन्तै राजीनामा दिनुपर्ने बताए ।

‘सर्वोच्चको फैसलापछि नैतिकताका आधारमा अहिलेसम्म प्रधानमन्त्री ओलीले तुरुन्तै राजीनामा दिइसक्नु पथ्र्यो,’ उनले भने,‘राजीनामा नदिएमा १३ दिनपछि सुरु हुने संसदबाटै ओलीलाई कारबाही गर्छौँ ।’ संविधानको अपव्याख्या गरेर देशलाई निरन्तर प्रतिनिधि सभा विघटनको कुचक्रमा फसाउने केपी शर्मा ओली र पार्टीलाई फुटाउन सहयोग गर्ने देशी विदेशीहरुको षडयन्त्र सर्वोच्च अदालतको निर्णयबाट विफल भएको बताउँदै उनले भने,‘संविधान सभाबाट बनेको संविधान तथा त्यसअनुरुप लोकतान्त्रिक प्रणाली र प्रतिनिधि सभाको मर्यादाको रक्षा तथा नेपाली जनताको मतको सुरक्षा भएको छ ।’

 

Total Page Visits: 375 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्