Saturday, May 18Nepal News Portal
Shadow

नेपालले बिजुली भारत निर्यात गर्न सुरु


काठमाडौं । नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो ।

प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स) मा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ ।

प्रत्येक ब्लकका बिजुली फरक–फरक मूल्यमा बिक्री हुन्छ । भारतले प्रतियुनिट अधिकतम् भारु १२ मा खरिद–विक्री गर्न सक्ने गरी सीमा तोकेको छ ।

त्यसअनुसार नेपालले कुनै ब्लकमा अधिकतम् १२ रुपैयाँसम्म मूल्य पाउनेछ । औसत रुपमा प्रतियुनिट ६.२८ पैसासम्ममा बिजुली विक्री हुने देखिएको प्रवक्ता भराईले बताए ।

भराईका अनुसार ‘कालीगण्डकी ए जलविद्युत आयोजना’को बिजुली पनि भारत विक्रीका लागि प्राविधिक तयारी भइरहेको छ ।

 

Total Page Visits: 436 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्