Sunday, April 28Nepal News Portal
Shadow

अष्ट्रेलियामा गुगल र फेसबुकले समाचारका लागि रकम तिनुपर्ने


काठमाडौं, (ससं) । अष्ट्रेलियाले संसारकै पहिलो यस्तो कानून पारित गरेको छ जसअनुसार फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचारका लागि भुक्तानी गर्नुपर्ने भएको छ । अघिल्लो हप्ता फेसबुकले अष्ट्रेलियामा बस्नेहरुका लागि समाचारको पहुँचमा रोक लगाएको थियो । साथै फेसबुकमा समाचार सेयर गर्न पनि रोक लगाएको थियो । यद्यपि, यो हप्ता सरकारसँगको कुराकानीपछि फेसबुकले आफ्नो निर्णय फिर्ता लिएको थियो ।

यो कुराकानीको आधारमा सरकारले तल्लो सदनमा जुन कानून प्रस्ताव गरेको थियो त्यसमा केही संशोधन गरिएको छ र केही केही बुँदामा दुबै कम्पनीलाई नयाँ कानूनबाट राहत मिल्ने प्रावधान पनि राखिएको छ ।

तर दुबै कम्पनीलाई अष्ट्रेलियाली ठूला प्रकाशकलाई आकर्षक रकम प्रदान गर्नका लागि प्रतिबद्ध गराइएको छ । यसलाई मोटामोटी रुपमा टेक कम्पनीको तर्फबाट गरिएको सम्झौताको रुपमा हेरिएको छ ।
अष्ट्रेलियाको यो कानून विश्वभरका निकायका लागि डिजिटल माध्यममा खबरका लागि भुक्तानीको एउटा नयाँ मोडल प्रमाणित हुनसक्ने बीबीसीले बताएको छ । बिहिबार आज) यो कानून हाउस अफ रेप्रिजेन्टेटिभ्समा पारित गरिएको हो ।

Total Page Visits: 452 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्