Monday, May 13Nepal News Portal
Shadow

शेयर बजार ०.६२ अंकले घट्यो, ७ अर्बको कारोबार


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बिहीबार ०.६२ अंकले घटेर २८७५.९८ विन्दुमा रोकिएको छ । २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ५ करोड रुपैयाँमा खरिद विक्री भएको छ ।

आज हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको ९.९९ वृद्धि भएको छ । हिमालयन पावरको शेयर मूल्य ५८५.२० रुपैयाँ कायम भएको छ । त्यस्तै सानिमा लाइफको प्रतिकित्ता ५४७.१० रुपैयाँ कायम भएको छ ।

रिद्धि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड शेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ । यो कम्पनीको सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । रिद्धिको ४९ करोड ३९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ४८ करोड ८५ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

आज कारोबारमा आएको १३ समूहमध्ये ४ वटा समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक वृद्धि हुनेमा उद्योग समूह ०.०२ प्रतिशत, हाइड्रोपावर समूह १.९१ प्रतिशत लाफइ इन्स्योरेन्स समूहको ०.३७ प्रतिशत र लगानी समूह ०.१७ प्रतिशत रहेका छन् ।

Total Page Visits: 832 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्