Monday, May 13Nepal News Portal
Shadow

होसियार ! तपाईंको नङको रंगले पनि देखाउँछ गम्भीर रोगको संकेत


काठमाडौं, (ससं) । औलाले मानिसको शोभा बढाउँछ । युवतीहरू अनेक पालिसले नङ रंग्याएर औँला आकर्षक बनाउने गर्दछन् । तपाईं आफ्नो नङ हेरेर शरीरमा लागेका विभिन्न रोगबारे पत्ता लगाउन सक्नुहुन्छ ।
मोटो र पहेँलो :
नङको आकार मोटो हुँदै गएको छ, तर लम्बाइ भने बढ्न छोडेको छ भने फोक्सोमा समस्या हुन सक्छ । यो वेला नङको रंग पहेँलो हुन थाल्छ ।

पातलो र फुट्नु :
नङ निकै पातलो हुँदै गएको छ र पानीमा हात डुबाउँदा नङ टुक्रिनेरचिरिने, रुखो देखिने भएको छ भने थाइराइड टेस्ट गर्नुहोस् । उच्च अवस्थाको थाइराइड नङको जराबाट पनि निस्किन सक्छ ।

फिका र सेतो :
नङको रंग आधा फिका र आधा सेतो देखिएको छ भने जान्नुहोस् कि रगतमा ‘रेड ब्लड सेल’ कम बनिरहेको छ । यस्तो वेला अत्यधिक आइरन पाइने खानेकुराको जरुरत पर्छ ।

गाढा निलो :
नङको रंग गाढा निलो देखिएको छ भने शरीरले आवश्यक मात्रामा अक्सिजन प्राप्त गरिरहेको छैन भन्ने बुझ्नुपर्छ । यति वेला श्वासप्रश्वाससम्बन्धी रोग या नाडीमा समस्या हुन सक्छ ।

धेरै रातो :
नङको रंग धेरै रातो देखिन थालेको छ भने याद राख्नुहोस् कि हाई ब्लडप्रेसरको संकेत देखियो । यस्तो वेला मुटु धेरै जोखिममा रहेको हुन्छ ।एजेन्सी

Total Page Visits: 847 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्