Saturday, May 18Nepal News Portal
Shadow

निर्जीवन बीमा कम्पनीको नाफा १३.९५ प्रतिशतले वृद्धि


काठमाडौं । चालु आ. व. को तेस्रो त्रैमासिक अवधिमा १८ निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने १८ कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ३ अर्ब २० करोड रुपैयाँ मुनाफा कमाएका छन् । गत अवधि भन्दा १३ दशमलब ९५ प्रतिशतले मुनाफा बढाउन सफल भएका हुन्। गत वर्षको यहि अवधिमा कम्पनीहरुले २ अर्ब ८३ करोड रुपैयाँ मुनाफा कमाएका थिए ।
यस वर्ष पनि शिखर इन्स्योरेन्स कम्पनी मुनाफामा अगाडि देखिएको छ । शिखरले चालु आ. व. को तेस्रो त्रैमासिक अवधिमा ३६ करोड ३३ लाख रुपैयाँ मुनाफा कमाएको छ । दोस्रो धेरै मुनाफा गर्नेमा नेको इन्स्योरेन्स रहेको छ । कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत वर्ष पहिलो नम्बरमा राष्ट्रिय बीमा कम्पनी थियो । गत वर्ष राष्ट्रिय बीमा कम्पनीले ५३ करोड ४३ लाख रुपैयाँ मुनाफा कमाएको थियो । तर यस वर्ष कम्पनीको मुनाफा ४९ प्रतिशतले घटेको छ ।
प्रतिशतका हिसावले सबैभन्दा धेरै नाफा सुधार गर्नेमा युनाइटेड इनस्योरेन्स रहेको छ । कम्पनीले यस वर्ष ३३४ प्रतिशलते मुनाफा बढाएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा ६ करोड ३६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै सानिमा जनरलको पनि मुनाफा सत प्रतिशतले बढेको छ । कम्पनीले ५ करोड १८ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
यस वर्ष सर्वाधिक धेरै मुनाफा सुधार गर्नेमा क्रमश जनरल, सानिमा, आइएमई जनरल, अजोड, सगरमाथा, नेको, नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल, युनाइड इन्स्योरेन्स कम्पनी छन् ।
प्रतिशेयर आम्दानीका हिसावले सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको रहेको छ । सर्वाधिक धेरै प्रतिशेयर आम्दानी भएता पनि गत वर्षको भन्दा भने १३२ रुपैयाँले घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी भने १३५ रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो धेरै प्रतिशेयर आम्दानी सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथाको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ रहेको छ । गत वर्ष सगरमाथाको प्रतिशेयर आम्दानी २३ रुपैयाँ थियो । सबैभन्दा कमजोर प्रतिशेयर आम्दानी युनाइटेड इन्स्योरेन्सको ६ रुपैयाँ छ ।

Total Page Visits: 1055 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्