Sunday, May 12Nepal News Portal
Shadow

करिब १२ अर्बको शेयर कारोबार


काठमाडौं । बुधबार नेप्से परिसूचक १३.०९ अंकले घटेर बन्द भएको छ । हिजोको तुलनामा बजार ०.४७ प्रतिशतले घटेर २७८०.८१ विन्दुमा रोकिएको हो । बजार घटेपनि कारोबार रकमले भने नयाँ रेकर्ड कायम राखेको छ । हिजो ११ अर्ब रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएकोमा आज झण्डै १२ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । आज ११ अर्ब ९५ करोड ८० रुपैयाँको शेयर कारोबार भएको छ ।

यसअघि जेठ २ गते आइतबार १० अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको थियो भने माघ २६ गते १० अर्ब १७ करोड र फागुन ४ गते १० अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज २१४ कम्पनीको २ करोड ५१ लाख २१ हजार कित्ताभन्दा बढी शेयर खरिद विक्री भएको छ ।

आज सर्वाधिक मूल्यको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको नै भएको छ । हिजो पनि पुनर्बीमा कम्पनीकै सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको थियो । आज यो कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा बैंकिङ ०.४ प्रतिशत, उद्योग ०.८६ प्रतिशत, होटल ०.४१ प्रतिशत, वृत्त ०.१३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.५१ अंकले वृद्धि भएको छ ।

Total Page Visits: 497 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्