Monday, May 20Nepal News Portal
Shadow

भिटोनका अध्यक्ष शर्मा राहत वितरणमा जुटे


काठमाडौं । गाउँले पर्यटन –नेपाल (भिटोन) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले काठमाडौंको माच्छापोखरीस्थित दिपज्योती स्कूल क्षेत्रका अशक्त, अपाङ र आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत वितरण गरेमा छन् । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण दैनिकी गुजार्न समस्या देखिएका १५ घरपरिवारलाई भिटोन र पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता स्वर्गीय सूर्यबहादुर थापा प्रतिष्ठानले संयुक्त रुपमा दाल, चामल, नुुन, तेल, मास्क लगायतका सामाग्रीहरु प्रदान गरेको अध्यक्ष शर्माले जानकारी दिएका छन् ।

शर्मा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनालाई जितेर पुनः समाजसेवामा फर्किएका हुन् । उनले पहिलो चरणको लकडाउनदेखि नै आर्थिक अवस्था कमजोर भई दैनिकी चलाउन समस्या भएका परिवारहरुलाई खाद्यन्न, मास्क, सेनिटाइजर लगायतका सामाग्री सहयोग प्रदान गर्दै आएका छन् ।

Total Page Visits: 1394 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्