Thursday, May 16Nepal News Portal
Shadow

सीईडीबी हाइड्रोपावरको शेयर ३ वर्षसम्म बेच्न नपाइने


काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका कर्मचारी र संस्थापक समूहको शेयर आगामी ३ वर्षसम्म बिक्री गर्न नपाइने भएको छ ।

नेपाल धितोपत्र बोर्डको निर्देशिका ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को परिच्छेद ९ दफा ३८ उपदफा १’ बमोजिम २०८१ बैशाख ३० गतेसम्म कर्मचारी र संस्थापक समूहको शेयर लकिङ भएको कम्पनीका बरिष्ठ प्रबन्धक दिपेन्द्रलाल कर्णले जनाएका हुन् ।

विवरण पत्र प्रकाशन गरी निष्काशन गरिएको धितोपत्र बाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको शेयर बाँडफाँट भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन भनी उल्लेख भए अनुसार शेयर लकिङ भएको हो ।

Total Page Visits: 1274 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्