Thursday, May 16Nepal News Portal
Shadow

मनकामना स्मार्ट लघुवित्तको आईपीओ बाँडफाँड


काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि २१ गते निष्काशन तथा विक्री खुल्ला गरेको आईपिओ सोमबार आज बाँडफाँड भएको छ ।
विक्रि प्रबन्धक एनएमबि क्यापिटलले विहान साढे ९ बजे आइपिओ बाँडफांड गरेको हो ।

गोलाप्रथाको माध्यमबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने २ जनाले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ ५० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याईएको थियो । बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

Total Page Visits: 995 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्