Monday, May 13Nepal News Portal
Shadow

‘मिस वर्ल्ड २०२१ ब्यूटी विथ पर्पोज’ परियोजनामा वृज सिमेन्टले पुल निर्माणमा सहयोग गर्ने


काठमाडौं । मिस नेपाल प्रतियोगिताको प्रायोजक वृज सिमेन्टले ‘मिस वर्ल्ड २०२१ ब्यूटी विथ पर्पोज’ परियोजनामा पुल निर्माणमा सहयोग गर्ने भएको छ । यस वर्ष मिस नेपाल नम्रता श्रेष्ठले आफ्नो ‘व्यूटी विथ पर्पोज’ प्रोजेक्टको लागि धादिङको थोपल खोलामा एउटा ट्रेल पुल बनाउने योजना छनौट गरेको छ । उक्त प्रोजेक्टमा वृज सिमेन्टले सहयोग गर्ने भएको हो ।

मिस नेपाल २०२० नम्रता श्रेष्ठले आफनो ‘व्यूटी विथ पर्पोज’ परियोजना अन्र्तगत धादिङ निलकण्ठ गाउँपालिकको १२ र १३ नं. वडामा पर्ने चिरिन पुच्छर थोपल खोलामा बन्ने ७३ मिटर लम्बाइको पक्की पुल निर्माण गर्ने योजना रहेको छ ।

श्रेष्ठमार्फत पुल निर्माणमा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाइजेसन अन्र्तगतको वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेशनले संयुक्त रुपमा सहयोग गर्ने सहमति भएको हो ।

Total Page Visits: 893 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्