Wednesday, May 15Nepal News Portal
Shadow

कोरोनाको संक्रमण बढ्न थालेको भन्दै सभासम्मेलन नगर्न अनुरोेध


काठमाडौं, (ससं) । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको संक्रमण बढ्न थालेको भन्दै भेला एवं सम्मेलन नगर्न सबैलाई अपिल गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी महामारी नियन्त्रणका लागि यस्ता कार्य नगर्न आग्रह गरेको हो ।

छिमेकी मुलुक भारतसँगै विश्वभर कोरोना सक्रमण बढेकाले जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्‍याली र जमघटलगायत भिडभाड हुने काम नगर्न कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गरेको छ।

भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्नसमेत कार्यालयले आमसर्वसाधारणलाई अनुरोध गरिएको छ ।

Total Page Visits: 925 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्