Wednesday, May 15Nepal News Portal
Shadow

शेयर बजारमा पहिरो, कारोबार रकम ८ अर्बमै सिमीत


काठमाडौं । नेपाल स्टक एक्सेञ्ज नेप्स परिसूचक उच्च अंकले. घटेर बन्द भएको छ । यो साता सोमबार पहिलो कारोबार भएको शेयर बजारमा ११४ अंकले कमि आएको हो ।
नेप्से परिसूचक ११४.०२ अंकले घटेर २ हजार ६९८.२४ विन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि १९.५१ अंकले घटेर ५०६.२७ अंकमा पुगेको छ ।

आज कुल २२५ ओटा समूहको १ करोड ७३ लाख ३० लाख ५३८ कित्ता शेयर ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँमा खरिद विक्रि भएको छ ।
कारोबारमा आउने १३ ओटा समूहमध्ये १३ ओटै समूहको परिसूचक घटेको छ ।

आज एउटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९ रुपैयाँ रहेको छ ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर रहेको छ । यो कम्पनीको ४० करोड ६५ लाख ३१ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।

Total Page Visits: 450 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्