काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मुल्य १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सोही मूल्यमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
Total Page Visits: 200 - Today Page Visits: 1