Friday, May 17Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबा भइरहेको छ ।

आज चाँदी तोलाको मूल्य तोलामा १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

Total Page Visits: 159 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्